सबैलाई पठाउनु होला

 कार्तिक १५ – काठमाडौँ,  नेत्र  विक्रम चन्द (विप्लब) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी फेरी पनि विभाजन भएको छ । काभ्रे जिल्लाको  वामपन्थी नेता मणिक लामाको नेतृत्वमा उक्त पार्टी विभाजन भएको छ ।

ताम्सालिङ जनसरकारका प्रमुख समेत रहेका लामाको नेतृत्वमा शुक्रबार विधिवत रुपमा विभाजन भइ नयाँ पार्टी समेत घोषणा गरेका छन् । भूमिगत रहेको अर्को पार्टी नेकपा (माओवादी)सँग एकता समेत गरेको नेता लामाले बताएका छन् ।

(लामा समूह) र नेकपा माओवादी बीच एकता भएको पार्टीको नाम एकीकृत नेकपा (माओवादी) राखिएको छ । जसको महासचिव नेता लामा चयन भएको छ भने प्रवक्तामा नेपाल चयन भएको बताइएको छ ।

काभ्रेको कुनै स्थानमा भएको भनिएको एकता घोषणा कार्यक्रममा दुवै पार्टीको केन्द्रिय समितिका सदस्यहरु, पार्टी कार्यकर्ताहरुको सहभागीता रहेको बताइएको छ ।

महासचिव लामाका अनुसार एकताको पहिलो बैठकले पार्टीको कार्यदिशा सशस्त्र जनविद्रोह पास गरेको जनाएको छ । १ सय ३ जनाको केन्द्रिय समिति रहेको दावी गरेकाे उक्त पार्टीले आगामी कार्तिक २७ र २८ बैठक बसी पार्टीको भावी रणनीति र संघर्षका कार्यक्रम तय गर्ने बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com