सबैलाई पठाउनु होला

गुनासो चौतारी पौष १५ गते : नेपाली काँग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले अब हुने तीनै तहको निर्वाचनमा काँग्रेसले बहुमत ल्याउने गरी काम गर्नुपर्ने बताएका छन् ।
नेता भण्डारीले बुधबार बन्दिपुर गाउँपालिकाको नाहालामा कार्यकर्तासँगको भेटघाट कार्यक्रममा काँग्रेसका नेता तथा कार्यकर्तालाई निर्वाचनको तयारीमा जुटन समेत आग्रह गरे । आजै देखि निर्वाचनको तयारीमा जुट्ने हो भने बहुमत ल्याउन कुनै पनि असम्भव नहुने उनले बताए ।

सोही अवसरमा विभिन्न पार्टी परित्याग गरी १४ जना नेपाली काँग्रेस पार्टीमा प्रवेश गरेका छन् । नवप्रवेशीलाई केन्द्रीय सदस्य भण्डारीले टीका तथा सदस्यता प्रदान गरेर पार्टीमा स्वागत गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com