सबैलाई पठाउनु होला

२०७८ माघ ९ आइतबार

गुडीरहेको जीप माथि आकस्मिक ढुंगा कस्दा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।

ओखलढुंगा ९, माघ । गुडीरहेको जीपमा माथिबाट ढुंगा खस्दा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । ओखलढुंगाको सिद्धिचरण नगरपालिका(३ नारायणस्थानमा आइतबार बिहान बोलेरो जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको हो ।

 

मानेभन्ज्याङ गाउँपालिका १ मोलीदेखि ओखलढुंगा सदरमुकामतर्फ आइरहेको को १ ज ३५६९ नम्बरको ६ जना यात्रु सवार बोलेरो जिपमा बाटो माथिबाट ढुंगा खसेर लागेको हो । दुर्घटनामा परी सिद्धिचरण नगरपालिका १ तलुवाका १० वर्षीय युसव कोइराला, ७ वर्षीया युनिशा कोइराला र मानेभन्ज्याङ गाउँपालिका १ मोलीका ३० वर्षीय हेम मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

सिनपा(१ तलुवाकै लक्ष्मी कोइराला र मानेभन्ज्याङ गाउँपालिका१ मोलीका देवबहादुर श्रेष्ठ र चालक सञ्जीव श्रेष्ठको अवस्था गम्भीर छ । उनीहरूको ओखलढुंगा सामुदायिक अस्पताल मिसनमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com