जनवादी गणतन्त्र चीनमा हुने निर्वाचनहरू पदानुक्रमित निर्वाचन प्रणालीमा आधारित हुन्छन्, जसमा स्थानीय जनकांग्रेसहरू प्रत्यक्ष निर्वाचित हुन्छन्। स्थानीय जनता कांग्रेसले प्रत्येक प्रशासनिक तहमा – ग्रामीण क्षेत्रहरूमा गाउँ तह बाहेक, प्रत्यक्ष निर्वाचन हुने – सरकारको त्यो तहमा कार्यकारी पदका लागि उम्मेदवारहरू चयन गर्दछ।
प्रान्तका जनकांग्रेस, प्रत्यक्ष नियन्त्रित नगरपालिकाहरू र जिल्लाहरूमा विभाजन गरिएका सहरहरू अप्रत्यक्ष रूपमा तल्लो तहको जन कांग्रेसबाट निर्वाचित हुन्छन्।
गभर्नरहरू, मेयरहरू, र काउन्टीहरू, जिल्लाहरू, टाउनशिपहरू र सहरहरूका प्रमुखहरू आ-आफ्नो स्थानीय जनकांग्रेसद्वारा निर्वाचित हुन्छन्।
जनअदालतका अध्यक्षहरू र जन-अभ्यासालयका प्रमुख प्रोक्युरेटरहरू काउन्टी स्तरभन्दा माथिका सम्बन्धित स्थानीय जनकांग्रेसहरूद्वारा निर्वाचित हुन्छन्।

राष्ट्रिय जनता कांग्रेस (NPC), राष्ट्रिय व्यवस्थापिका सम्मका सबै माथिल्लो तहका जन कांग्रेसहरू अप्रत्यक्ष रूपमा सो भन्दा तलको तहको जन कांग्रेसद्वारा निर्वाचित हुन्छन्।
प्रतिनिधिहरू चीनका प्रान्तहरू, स्वायत्त क्षेत्रहरू, सीधा केन्द्र सरकारको मातहतका नगरपालिकाहरू, हङकङ र मकाउका विशेष प्रशासनिक क्षेत्रहरू र ठूलो चुनावी जिल्लाहरूको रूपमा काम गर्ने सशस्त्र बलहरूका जन-कङ्ग्रेसहरूद्वारा (तीन महिनाको अवधिभित्र) निर्वाचित हुन्छन्।
हङकङ, मकाउ, ताइवान र पिपुल्स लिबरेसन आर्मीका लागि सिट बाँडफाँड गर्ने प्रणाली फरक भएता पनि सामान्यतया, प्रत्येक निर्वाचन जिल्लालाई तिनीहरूको जनसंख्याको अनुपातमा सिटहरू बाँडफाँड गरिन्छ। कुनै पनि निर्वाचन जिल्लालाई नेशनल पुपिल्स कांग्रेस(NPC) अर्थात् राष्ट्रिय जनकाँग्रेसमा १५ भन्दा कम सिटहरू बाँड्न मिल्दैन।
नेसनल पिपुल्स कांग्रेस (एनपीसी) का २,९८७ जसलाई कतैकतै २,९८० जना पनि उल्लेख छ। तीं सदस्यहरू छन्, जुन पाँच वर्षका लागि निर्वाचित हुन्छन्। २,९८० देखि २,९८७ जना सदस्य रहेको राष्ट्रिय जनकांग्रेस द्वारा राष्ट्रपति र राज्य परिषदको निर्वाचन(चयन) गर्छन्।
चीनका राष्ट्रपति र उपराष्ट्रपति, एनपीसीको स्थायी समितिका अध्यक्ष, उपाध्यक्ष र महासचिव, केन्द्रीय सैन्य आयोगका अध्यक्ष, सर्वोच्च जन अदालतका अध्यक्ष र प्रधानन्यायाधीश, सबै एनपीसीका सदस्यहरुद्वारा निर्वाचित हुन्छन्।
राष्ट्रपतिको मनोनयनमा नेशनल पिपुल्स कांग्रेस(NPC) द्वारा प्रधानमन्त्री चयन गरिन्छ। राज्य परिषदका अन्य सदस्यहरू नेशनल पिपुल्स कांग्रेस(NPC) द्वारा प्रधानमन्त्रीको मनोनयनमा चुनिन्छन्।
केन्द्रीय सैन्य आयोगका अन्य सदस्यहरू केन्द्रीय सैन्य आयोगको अध्यक्षको मनोनयनमा नेशनल पिपुल्स कांग्रेस(NPC) द्वारा चयन गरिन्छ।
प्रधानमन्त्री र क्याबिनेट मन्त्रीहरू जस्ता जन कांग्रेसको स्वीकृति आवश्यक पर्ने नियुक्त पदहरूका लागि, प्रतिनिधिहरूले नियुक्तिलाई अनुमोदन वा अस्वीकृत गर्न सक्छन्।
यदि एकल उम्मेदवारले ५०% भन्दा बढी अनुमोदन प्राप्त गरेन भने, जन कांग्रेसको अर्को अधिवेशन सम्म पद खाली छोडिने छ, भनी सान्दर्भिक कानूनहरूमा उल्लेख छ। तैपनि यो व्यवहारमा विरलै हुन्छ, र राष्ट्रिय स्तरमा कहिल्यै भएको छैन।
नेशनल पिपुल्स कांग्रेस(NPC) अर्थात् राष्ट्रिय जनकांग्रेसको स्थायी समिति(NPCSC)मा अध्यक्ष, धेरै उपाध्यक्ष, महासचिव र अन्य सदस्यहरू हुन्छन्। तिनीहरू सबैलाई एनपीसीले आफ्ना प्रतिनिधिहरूबाट पाँच वर्षको कार्यकालका लागि निर्वाचन गर्छन्, जसको संख्या १७५ जनाको छन्।
जनवादी गणतन्त्र चिनका स्थानिय स्तरका सभा देखि केन्द्रिय स्तरका सभालाई स्तर अनुसारको पिपुल्स कांग्रेस अर्थात् जनकाँग्रेस भनि सम्बोधन गरिन्छ। नगरपालिका स्तरको सभालाई म्युनिसिपालिटी पिपुल्स काँग्रेस भनि सम्बोधन गरिन्छ भने जिल्ला स्तरको सभालाई डिस्ट्रिक्ट पिपुल्स कांग्रेस, प्रादेशिक स्तरको सभालाई रिजनल पिपुल्स कांग्रेस भनिन्छ भने केन्द्रिय सभा (संसद)लाई नेशनल पिपुल्स कांग्रेस भनिन्छ। त्यस्तै १७५ जनाको स्थायी समिति सभालाई ‘स्ट्याण्डिङ्ग कमिटी अफ नेशनल पिपुल्स कांग्रेस’ भनेर भनिन्छ।
चीनमा चुनाव एक दलीय अधिनायकवादी राजनीतिक प्रणाली अन्तर्गत हुन्छ।
चिनको स्थानीय तहमा मात्र प्रत्यक्ष निर्वाचन हुन्छ, राष्ट्रिय स्तरको होइन । चीन राष्ट्रिय स्तरमा प्रत्यक्ष चुनाव नगर्ने केही समकालीन पार्टी नेतृत्वको तानाशाहहरू मध्ये एक हो। चीनमा सत्तामा कम्युनिष्ट पार्टीको एकाधिकार, अभिव्यक्ति स्वतन्त्रतामा सीमितता र चुनावमा सरकारको हस्तक्षेपले चुनावको प्रतिस्पर्धात्मक प्रकृति अत्यधिक सीमित छ।
रोरी ट्रुक्सका अनुसार, “चिनियाँ कम्युनिष्ट पार्टी(CCP) ले पीपुल्स कांग्रेस प्रणालीमा हरेक तहमा मनोनयन र निर्वाचन प्रक्रियालाई कडाइका साथ नियन्त्रण गर्दछ। पीपुल्स कांग्रेस प्रणालीमा टाइर्ड, अप्रत्यक्ष चुनावी संयन्त्रले सुनिश्चित गर्दछ कि उच्च तहका प्रतिनिधिहरूले चिनियाँ नागरिकलाई दिनुपर्ने चुनावी जवाफदेहिताको कुनै झल्को सामना गर्नुपर्दैन।
श्रोत:- विकिपिडिया

