सबैलाई पठाउनु होला

काठमाडौंः प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध सत्तारुढ दलका सांसदहरुद्वारा महाभियोग प्रस्ताव दर्ता गरिएको छ।

आज नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायतका दलका ९८ जना सांसदहरूले हस्ताक्षर गरेर संसद सचिवालयमा प्रधानन्यायाधिश चोलेन्द्र शमशेर राणाविरूद्ध महाभियोग प्रस्ताव दर्ता गरेका हुन्।

महाभियोग प्रस्तावमा प्रधानन्यायाधीशले न्यायपालिकाको मर्यादामा आँच पुर्‍याएको, व्यक्तिगत स्वार्थमा लागेको र कार्यपालिकामा समेत भनगबण्डा खोजिएको जस्ता आरोप लगाइएको छ।

संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएसँगै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा नेपालको संबिधानको धारा १०१ अनुसार निलम्बनमा परेका छन्।

राणाविरूद्ध सत्तारूढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरुले आइतबार बिहान महाअभियोग दर्ता गरेका हुन्।

महाअभियोग दर्ता गर्ने सांसदहरूमा मीनेन्द्र रिजाल, गगन थापा, जीवनराम श्रेष्ठ, पुष्पा भुसाल, देव गुरूङलगायत छन्।

माओवादीका सचेतक देव गुरुङले संविधानअनुसार संसदसंख्याको एकचौथाईले महाअभियोग दर्ता गर्न सकिने र हाल सोभन्दा बढी संख्याका सांसदहरूले महाभियोग दर्ता गराइको बताएका छन्।

आजैबाट नेपाल बार एसोसिएसनले पनि पुनः प्रधानन्यायाधीश राणाविरुद्ध आन्दोलन थालेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com