सबैलाई पठाउनु होला

काठमाडौं, १ फागुन । नेकपा एमाले पार्टीद्वारा सभामुख अग्निप्रसाद सापकोटासहित सर्वोच्च अदालतका केही वरिष्ठतम न्यायाधीशहरुविरुद्ध महाभियोग लगाउने तयारी गरेको छ । सांसदहरुलाई आकस्मिक रुपमा बोलाएर  एमालेले यस्तो तयारी गरेको हो ।

विश्वस्त स्रोतका अनुसार एमाले पार्टीले सभामुख सापकोटाविरुद्ध महाभियोग दर्ताको तयारी गरेको कुरा थाहा भएको छ । यसका लागि पार्टी बैठकमा छलफल गरी अगाडि बढ्ने तयारी गरेको हो ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश जबरा निलम्बनमा परेपछि वरियता क्रममा माथि रहेका केही न्यायाधीशहरुविरुद्ध पनि एमालेले महाभियोगको तयारी गरेको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा निलम्बनमा परेपछि खाली रहने प्रधानान्याधिशाको पदमा आफुले मन नपरेका बरिष्टतम न्यायाधिश उक्त पदमा नियुक्त हुन नसकोस् भन्ने मनसायले एमाले पार्टीले पनि बरिष्टतम केहीन्यायाधीशको बिरुध्द महाभियोग लगाउने तैयारी गरेको कुरा बुझ्न सकिन्छ ।  यी घटनाहरुले महाभियोगको अस्त्र हानाहानको अवस्था सृजना हुने देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com