काठमाण्डौ- संघिय संसदका सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध प्रतिनिधी सभा संसदमा महाअभियोग प्रस्ताव दर्ता भएसँगै पछिल्ला राजनीतिक घटनाक्रमको विषयमा छलफलका लागि सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाउनुभएको उहाँका प्रेस विज्ञ श्रीधर न्यौपानेले हाम्रा प्रेस प्रतिनिधिलाई लाई जानकारी गराउनु भयो।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध सत्तारूढ दलका सांसदहरुले आज बिहान सवा १० बजे सिंहदरबारस्थित संसद सचिवालयमा महाभियोगको प्रस्ताव दर्ता गराएका थिए।

