काठमाडौँ । तनहुँ शुक्लागण्डकी नगरपालिका ढोरफिर्दीमा जन्मिएका युवा व्यवसायी कृष्णबहादुर कार्कीले राजधानीको गोङगवु बसपार्कमा सुविधा सम्पन्न होटल सञ्चलानमा ल्याएका छन् । यो होटल संचालन गर्नु भन्दा अगाडी देखिने कार्की विभिन्न ब्यबसाय गर्दै आएका थिए ।गोङगवुमा सुविधा सम्पन्न होटल सञ्चलानमा ल्याएका छन् ।
कार्कीले सञ्चालनमा ल्याएको होटल टिकटकको शनिबार उद्घाटन गरिएको छ । होटलको शनिबार नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा बोल्दै पूर्वमन्त्री भण्डारीले होटल व्यवसायलाई मर्यादित बनाउने विषयमा होटल व्यवसायीहरुले विशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।साथै होटल व्यवसायीले गुणस्तरीय सेवा प्रदान गर्नुपर्नेमा समेत पूर्वमन्त्री भण्डारीले जोड दिएका थिए । दिनप्रति युवा पुस्ता विदेशिने क्रम जारी रहेका बेला स्वदेशमा नै लगानी गरेर कार्कीले सह्रानीय कार्य गरेको र यूबाहरुलाई रोजगार सृजना गरेको भन्दै यस्ता कार्य गर्न पूर्वमन्त्री भण्डारीको प्रसोहान गरे ।
कार्कीले सञ्चालनमा ल्याएको होटल टिकटक गोगङबु क्षेत्रको उत्कृष्ट होटल मध्येमा पर्दछ । सञ्चालक कार्की आफ्नो होटलमा पार्किङ सुविधा सहित पारिवारिक वातावरण रहेको बताउँछन् ।

