सबैलाई पठाउनु होला

सभामुख अग्नि सापकोटाद्वारा सोमबार दिउँसो बोलाइएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको तर्फबाट उपस्थित नहुने कुरा जनाएको छ।

आफ्ना पार्टीका १४ सांसदलाई गरेको कारबाहीको सूचना सभामुख सापकोटाले नटाँसेको भन्दै एमालेले संसद अवरूद्ध गर्दै आएको छ।

सभामुखले १४ सांसदहरूमाथिको कारबाहीको सूचना टाँस्नुपर्ने र त्यस्तो नगरे सभामुखले निकास दिनुपर्ने एमालेको माग छ।

‘समसामयिक परिस्थिति र महाभियोगबारे छलफल गर्ने भनिएको छ। हामी त्यो बैठकमा जाँदैनौं,’ एमाले प्रमुख सचेतक विशाल भट्टराईले बताए।

सोमबार दुई बजे सभामुख अग्नि सापकोटाले संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग छलफल गर्न लागेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com