काठ्माण्डौं- बीर अस्पतालको अक्सिजन प्लान्ट आविष्कार केन्द्रको टोलीले निशुल्क मर्मत गरिदिएको कुरा राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष डाक्टर महाविर पुनले जानकारी गराए।

ट्विटर मार्फत् जानकारी गराउँदै डाक्टर पुनले थप भनेका छन् कि बीर अस्पतालले एक करोड भन्दा बढी रकम लाग्ने देखिएकोले आविष्कार केन्द्रसँग सहयोगका लागि अनुरोध गरेकाले अक्सिजन प्लान्ट मर्मत गर्न राष्ट्रिय आविष्कार केन्द्रका टोली खटाएका हुन्।

अक्सिजन प्लान्ट मर्मतका लागि चाहिने आवस्यक पार्टपुर्जा समेत राष्ट्रिय आविष्कार केन्द्रले नै खरिद गरी मर्मत गर्दा दान कै रकमबाट १ लाख ९८ हजार ४ सय रुपैयाँ मात्रै खर्च भएको समेत उनले बताएका हुन्।
अहिले सो अक्सिजन प्लान्ट चलिरहेको छ। उक्त प्लान्ट मर्मत गर्दा लागेको सम्पूर्ण खर्च आविष्कार केन्द्रले सहयोग वापत आएको रकमबाट नै खर्च गरेकाले बीर अस्पताल प्रशासनले खर्च ब्यहोर्नु नपरेको हुँदा निशुल्क नै मर्मत सम्पन्न भएको कुरा उनले बताए।

