सबैलाई पठाउनु होला

काठमाडौँ —एमसीसीका सन्दर्भमा कांग्रेसले अन्य दल र नेताहरूले जस्तो ‘डबल स्ट्यान्डर्ड’ नराख्ने नेपाली कांग्रेस महामन्त्री गगन थापाले बताएका छन् ।

आगामी ४ गते मंगलबार बसेको संसदीय दलको बैठकले एमसीसी पास गर्ने निर्णय गरेको सुनाउँदै महामन्त्री थापाले तत्कालीन ओली नेतृत्वको नेकपा सरकारमा रहेका दल र सांसदहरुले ‘डबल स्ट्यान्डर्ड’ नराखेको अवस्थामा एमसीसी संसद्‌बाट अनुमोदनका लागि कुनै समस्या नहुने समेत बताए ।

‘हामीले जुन एमसीसी सम्झौता संसद्‌मा टेबल गर्ने भनिरहेका छौँ, यो एमाले अध्यक्ष केपी ओली नेतृत्वको नेकपा सरकारले २०७६ असार ३० गते नै संसद्‌मा दर्ता गराएको हो, त्यो बेला उहाँहरूले अघि बढाउन नसकेको विधेयक हामी अघि बढाउदैछौँ,’ उनले भने, ‘त्यो बेला नेकपाको सरकार थियो, त्यो भनेको अहिलेको नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी हुन्, हामीलाई विश्वास छ, उहाँहरूले पनि यसको पक्षमा मतदान गर्नुहुन्छ, यो पास हुन्छ । नभए पनि यसमा कांग्रेसले डबल स्ट्यान्डर्ड राख्दैन । यसको चुनावी नाफाघाटा जे होला, तर कांग्रेसले आफ्नो प्रतिबद्धताअनुसार कर्तव्य पूरा गर्छ ।’

प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्‌मा एमसीसी टेबल गर्न सभामुखलाई भनिसकेको उनले जानकारी दिए । ‘उहाँले विश्वास व्यक्त गर्नुभएको छ कि संसद्‌मा एमसीसी टेबल हुन्छ । र पास पनि हुन्छ,’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com