सबैलाई पठाउनु होला

काठमाडौं- एमसीसी संसदमा टेबुल गर्ने बिषयमा छलफल गरी कार्यसूचीमा समेट्नका लागि सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। बुधबार बिहान देखि बैठक बस्ने गरी कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएको सभामुख सापकोटाको सचिवालयले जनाएको छ।

आजै दिउँसो १ बजे प्रतिनिधि सभा बैठक आवहान गरिएको छ । त्यसअघि नै एमसीसी संसदमा टेबुल गर्न तथा कार्यसुचिमा राख्ने तयारीका लागि परामर्श समितिको बैठक बोलाइएको हो।

यसअघि एमसीसीको बिषयमा दलहरुबीच राष्ट्रिय सहमति नबन्दा पटक पटक प्रतिनिधि सभा बैठक स्थगित हुँदै आएको थियो। मंगलबार सभामुख सापकोटालाई प्रधानमन्त्री शेरबहादुर देउवाले फोन गरी कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउन र कार्यसूचीमा एमसीसी समेट्न आग्रह गरेका थिए।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com