सबैलाई पठाउनु होला

काठमाण्डौ- अहिले तपाईहरुले केका लागि बैठक बस्नु भएको हो भनि सोधिएको प्रश्न को जवाफ दिदै नेकपा (माओबादी केन्द्र )का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले भने, “होइन, हामि त अब आज ५ बजे बैठक छ, संयन्त्रको । त्यहि बैठकको तैयारीको बारेमा छलफल गरेको हो ।”

आज दिउसो तीन दलको संयुक्त बैठक सकेपछी तीन दललाई मात्रै सरकारमा राख्ने योजना अनुसार तपाईहरुको बैठक बसिएको हो कि? भनि हाम्रा सम्बाद दाताले सोधेको प्रश्नको जवाफ दिदै, प्रचण्डले भने, “होइन हामि ३ दललाई एक मत बनाउने भनेर लागेकै छैनौ । पाचै दललाई कसरि बचाउने र यो एमसीसी लाइ कसरि निकास दिने भन्नेमै छौ । अब हामि ५ दलको बैठकमा छलफल गरेर एउटा निचोड एउटा निकास निकाल्ने तिरै लागिरहेका छौ । हाम्रो जोड चाहि सकेसम्म यो गठबन्धन बचाउने मै छ ।”

केहि दिन अघि देखि एमसीसीका कारण संयुक्त गठबन्धनको सरकार भाताभुङ्ग हुने हो कि भन्ने डर उत्पन्न भएको छ । एमसीसी सम्झौता संसदमा पास गर्नु पर्छ र पास गर्नु हुदैन भन्ने दुई थरि स्वरहरु एकै दलभित्र समेत देखा परेको छ । माओवादीका नेताहरुमा पनि दुइ धार देखा परेको छ । कतिपय माओवादी नेताहरु कुनै हालतमा एमसीसी पास गर्नु हुन्न भन्ने पक्ष मै देखिएका छन् भने कतिपय नेताहरु देशको सार्बभौमताको बिषयमा असर पर्ने कुराहरु परिमार्जन गरेर मात्रै एमसीसी पास गर्नु पर्छ भन्ने तर्क राख्छन ।

नेकपा (माओवादी केन्द्र)का तल्लो स्तरका नेता तथा कार्यकर्ताहरु र नेकपा (एकीकृत समाजवादी)का नेता तथा कार्यकर्ता हरु पनि यस अघिसम्म एमसीसीको विपक्षमा नै देखिएका थिए । बुधबारको संसद बैठकमा एमसीसी टेबुल गर्ने कुराको समाचार आउनासाथ त्यसको बिरुद्ध देशव्यापी आन्दोलन तथा प्रदर्शन हरु भैरहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com