नेपाली लोकबाजाहरुको बिकास, पहिचान, संरक्षण र प्रबर्धन गर्ने तथा वाद्यबादक कलाकारहरुको हक, हित र अधिकार संरक्षणका लागि २०७६ सालमा स्थापना भएको वाद्यवादक कलाकार संघ, नेपालको दोश्रो साधारण सभा आगामी फागुन महिनाको अन्तिम हप्ता भित्र सम्पन्न गर्नका लागि कार्यसमितिले तयारी थालेको छ।
वाद्यवादक संघ नेपालका केन्द्रिय सह-सचिव यमन थापा मगरले दिएको जानकारी अनुसार आउने साधारण सभाका लागि समितिले कार्यक्रम ब्यबस्थापन समिति लगायत साधारण सभा सम्पन्न गर्नका लागि बिभिन्न उपसमितिहरु समेत गठन गर्ने जानकारी दिए। आगामी फागुन १० गते मंगलबारको दिन दिउँसो १:३० बजेबाट सुरु हुने गरी कार्यसमितिको बैठक बोलाइएको छ। बैठकमा सदस्यता नविकरण गर्नुपर्ने र नयाँ सदस्यता लिन चाहने वाद्यवादक कलाकारहरुको समेत उपस्थितिका लागि सूचना गरिएको समेत सह-सचिव थापा मगरले जानकारी गराए। बैठक भृकुटीमण्डपको प्राङ्गण हुने भएको छ।
फागुन १० गते हुने कार्यसमितिको बैठकमा वाद्यवादक कलाकार संघका केन्द्रिय अध्यक्ष ब्रम्हचारी त्रोप्छाकी (आकाश थापा), उपाध्यक्ष बिद्या लक्ष्मी खड्गी, सचिव बिष्णु बिश्वकर्मा, कोषाध्यक्ष बिष्णु तामाङ्ग, लगायत कार्यसमितिका सम्पूर्ण सदस्यहरु र अन्य साधारण सदस्यता लिने ब्यक्तिहरुको समेत उपस्थिति हुनेछ।

