काठमाडौं – नेपालमा एकैदिन साढे सातलाख भन्दा बढिले कोरोनाविरुद्धको खोप लगाएका छन्। स्वास्थ्य मन्त्रालयले शनिबार दिएको रिपोर्ट अनुसार ७ लाख ६९ हजार ५७६ जनाले कोरोनाविरुद्ध खोप लगाएको जनाएको छ।
नेपालमा आज मात्रै थप ३५० जनामा कोरोना संक्रमित पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७०९६ जनामा परीक्षण गर्दा ३५० जनामा कोरोना संक्रमण देखिएको हो।
यस्तै, गएको २४ घण्टामा ४ जनाको मृत्यु भएको छ। देशभर सक्रिय संक्रमितको संख्या १३ हजार ३५७ रहेको छ। केहिदिन यता संक्रमणदर घट्दो क्रममा रहेको स्वास्थ्य मन्त्रालयको रिपोर्टमा छ।


