सबैलाई पठाउनु होला

काठमाडौं – ७ ओटा लघुवित्त वित्तीय कम्पनीहरुले आईपीओ निष्कासन गर्ने तयारीमा रहेका छन् । यी ७ कम्पनीले कुल २३ लाख ४ हजार ५८६ कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेका हुन् ।

७ ओटा कम्पनीमध्ये तीन कम्पनीले आईपीओ निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएका छन् । सिवाईसी नेपाल लघुवित्त, आर्दश लघुवित्त वित्तीय संस्था र उपकार लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएका हुन् ।

आवश्यक प्रक्रिया पूरा गरेर बोर्डबाट स्वीकृति पाएपछि कम्पनीहरुले आईपीओ निष्कासन गर्नेछन् । बाँकी ४ ओटा कम्पनीले आईपीओ निष्कासन गर्नका लागि विक्री प्रबन्धक नियुक्त गरेका छन् ।

अभियान लघुवित्त वित्तीय संस्था, धौलागिरी लघुवित्त वित्तीय संस्था, आत्मनिर्भर  लघुवित्त वित्तीय संस्था र बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासन गर्नका लागि विक्री प्रबन्धक नियुक्त गरेका हुन् । यी ४ ओटा कम्पनीले आवश्यक प्रक्रिया पूरा गरेर सेबोनमा निवेदन दिएर स्वीकृति पाएपछि मात्र आईपीओ निष्कासन गर्नेछन् । ७ ओटा कम्पनीमध्ये सबैभन्दा बढी अभियान लघुवित्त वित्तीय संस्था ९ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्ने प्रक्रियामा रहेको हो ।

त्यसैगरी, दोस्रोमा सिवाइसी नेपाल लघुवित्त ३ लाख ९५ हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारीमा रहेको छ । यी ७ कम्पनीमध्ये सबैभन्दा कम आर्दश लघुवित्तले ६० हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको हो ।

पछिल्लो समय आईपीओमा लगानीकर्ताको आकर्षण बढेको पाइन्छ । छोटो समयमानै शेयर सूचीकृत भएर छोटो समयमानै लगानीकर्ताले आकर्षक प्रतिफल पाउने भएकाले आकर्षण बढेको देखिन्छ ।

जसको उदाहरणमा केही समय अगाडि मात्र आईपीओ निष्कासन गरेको जीवन विकास लघुवित्त वित्तीय संस्थालाई लिन सकिन्छ । कम्पनीको आईपीओ एक महीना नपुग्दै रू. १ हजारको लगानी ५५ हजारसम्म पुगेको थियो । यसले गर्दा पनि लघुवित्तको आईपीओमा लगानीकर्ताको आकर्षण धेरै रहेको देखिन्छ ।

स्रोत :- नेपाल धितोपत्र बोर्ड र विभिन्न कम्पनीहरु

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com