काठमाडौं- मध्यबानेश्वर क्षेत्रबाट चिनियाँ नागरिकसहित ३७ जना पक्राउ परेका छन् भने भक्तपुरको सानोठिमी क्षेत्रबाट चिनियाँ नागरिकसहित ८१ जना पक्राउ परेका छन् ।
काठमाडौं प्रहरी परिसरको टोलीले सोमबार राति ३७ जनालाई नयाँ बानेश्वरबाट पक्राउ गरेको हो । त्यस्तै भक्तपुर प्रहरी परिसरको टोलीले मंगलबार छापा मारेर भक्तपुरको सानोठिमी क्षेत्रबाट चिनियाँ नागरिकसहित ८१ जनालाई पक्राउ गरेको हो ।
सानो ठिमीमा पक्राउ परेका सबैलाई प्रहरी वृत्त भक्तपुरमा राखिएको छ भने नयाँ बानेश्वरमा पक्राउ परेका सबैलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ ।
अनलाइनबाट जुवा खेलाउने, धम्क्याउने गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । थप अनुसन्धान सुरु गरिएको काठमाडौं प्रहरी परिसरका एसपी दीनेशराज मैनालीले जानकारी दिए ।

