सबैलाई पठाउनु होला

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भर्खरै पूर्वी युक्रेनको डोनबास क्षेत्रमा ”सैन्य कारबाही”को घोषणा गरेका छन्।

जारी तनावबीच छलफल गर्न संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्‌‌को आपत्कालीन बैठक बसिरहेकै बेला रुसी राष्ट्रपतिले टेलिभिजन सम्बोधन मार्फत्‌ पछिल्लो घोषणा गरेका हुन्।

यसअघि युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले वार्ताका लागि आफूले पहल गरेतापनि त्यसबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कुनै जबाफ नदिएको बताएका थिए।

राष्ट्रपति जेलेन्स्कीले युक्रेनसँगको सीमानजिकै रुसले ”झन्डै २,००,००० सेना र हजारौँ लडाकु गाडी तैनाथ गरेको” बताएका छन्।

बिहीवार बिहान राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले सम्बोधनको क्रममा पुटिनले पूर्वी युक्रेनमा तैनाथ गरिएका सेनालाई हतियार बिसाउन र घर फर्कन आग्रह पनि गरेका छन्।

बीबीसीका पूर्वी युरोप संवाददाताका अनुसार डोनेट्स्क क्षेत्रमा ठूलो विस्फोटनको आवाज सुनिएको छ।

राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले सेनालाई आक्रमणबाट रोक्न पुटिनलाई आग्रह गरेका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com