सबैलाई पठाउनु होला

काठ्माण्डौं- अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदनको विरोधमा प्रदर्शनमा उत्रिएको एक समूहले हिजो सुर्खेतको वीरेन्द्रनगरमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय तोडफोड गरेको छ ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित ८ दलले गरेको बन्दका क्रममा प्रदर्शनकारीले कांग्रेस, एमाले र माओवादी केन्द्रको पार्टी कार्यालय र बजार क्षेत्रका घरका सीसा तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । हिजो प्रदर्शनकारीले एमालेको पार्टी कार्यालयबाहिर आगजनी पनि गरेका थिए ।

एमसीसी सम्झौता अनुमोदनको विरोधमा उत्रिएकाहरुले प्रहरीमाथि समेत ढुंगामुढा गरेका थिए । प्रहरी र बन्दकर्ताबीच झडप भएपछि नियन्त्रणमा लिन प्रहरीले तीन दर्जन बढी सेल अश्रुग्याँस समेत हानेको थियो ।

प्रहरीले बन्दकर्ताहरूलाई ढुंगामुढा नगर्न आग्रह गर्दै माइकिङ गरिरहेको दृष्य देखिन्थ्यो । तर, बन्दकर्ताहरू भने विभिन्न गल्लीबाट निस्किएर प्रहरीमाथि ढुंगामुढा गरिरहेका थिए ।

प्रतिनिधिसभाबाट अनुमोदन भएको अमेरिकी सहयोग परियोजना (एमसिसी) को विरोधमा आठ राजनीतिक दलले गरेको नेपाल बन्दको प्रभाव काठमाडौं उपत्यकामा भने परेको थिएन ।

महानगरीय प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरका अनुसार उपत्यकाको अवस्था सामान्य थियो । सवारीसाधानको सञ्चालन भइरहेको थियो । उपत्याकामा सडक अवरोध गर्न निस्किएका ६ जनालाई सोमबार बिहान नियन्त्रणमा लिइएको राठौरले बताए। उनीहरुमध्ये नयाँबसपार्कबाट चार, चाबहिल चोक र स्वयम्भुबाट एक-एकजनालाई नियन्त्रणमा लिइएको थियो ।

कञ्चनपुरमा हिंजो बिहानैदेखि यातायात सेवा ठप्प थियो । महेन्द्रनगर बस पार्कबाट छुट्ने लामो र छोटो दूरीका सवारी साधन सञ्चालन हुन सकेका थिएनन् । बन्दकर्ताहरूले महेन्द्रनगरस्थित पूर्वपश्चिम राजमार्गको संविधान चोक, भासी, मदनचोकलगायत विभिन्न ठाउँठाउँमा टायर बालेर प्रदर्शन गरिरहेको प्रहरीले बताएको दृष्य देखिन्थ्यो।

 

बन्दलाई मध्यजनगर गर्दै सुरक्षा व्यवस्था कडाइ गरिएको स्थानीय प्रशासनले जनाएको थियो । ठाउँठाउँमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो । बजार क्षेत्र भने आंशिक रुपमा खुलेको थियो ।

यस्तै‚ पर्वतमा पनि बन्दको प्रभाव आंशिक परेको थियो । बाग्लुङ र म्याग्दीबाट पर्वत हुँदै पोखरा र देशका अन्य ठाउँका लागि छुट्ने सवारीसाधन सञ्चालनमा आएका थिएनन् । बजारका अधिकांश पसल बन्द नै देखिएका थिए । प्रहरी उपस्थित हुने ठाउँमा साना तथा छोटा दूरीका सवारीसाधन फाटफुट रूपमा सञ्चालनमा आएको थियो ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीका अनुसार पर्वत जिल्लाभित्र सञ्चालनमा रहेका साना सवारीसाधन बिनाअवरोध सञ्चालन भएका थिए । बजारमा पनि आंशिक प्रभाव परेको उनले बताए।

प्रदेश १ मा बन्दको प्रभाव खासै नपरेको १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी नवीनराज राईले जानकारी दिए।

एमसिसीको विरोधमा नेत्रविक्रमचन्द ‘विप्लव’ नेतृत्वको नेकपा, मोहन वैद्य किरण नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारी), मोहन विक्रम सिंह नेतृत्वको नेकपा (मसाल), चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा, सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, ऋषि कट्टेल नेतृत्वको नेकपा‚ आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादीले नेपाल बन्दको घोषणा गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com