काठमाडौं – मैनवत्ती प्रज्वलन गर्दै संयुक्त राज्य अमेरिका सहित विभिन्न देशका राजदूतले काठमाडौंको वौद्धनाथमा युक्रेनको शान्तिको लागि कामना गरेका छन् ।
रुसले युक्रेनमाथि आक्रमण जारी राखेको अवस्थामा नेपालस्थित विभिन्न देशका राजदूतले शान्तिको कामना गर्दै मैनवत्ती प्रज्वलन गरेका हुन् ।
बिहीबार साँझ वौद्धनाथमा मैनवत्ती प्रज्वलन गर्न अमेरिकी राजदूत र्याण्डी बेरी, जर्मनी, फ्रान्स, स्वीटजरल्याण्ड र फिनल्याण्डका राजदूत पनि पुगेका थिए ।
गएको ८ दिनदेखि रूस र युक्रेनबीच आधुनिक हातहतियार र मिसाइल बम सहित घमासान युद्ध भइरहेको छ ।


