धादिङ – बेनिघाट रोराङ गाउँपालिका, वडा नम्बर १ को सिमटार, जरुङ र ब्रम्दी लगायत भूभागमा लगाइएको अफिम खेति प्रहरीले नष्ट गरेको छ ।
प्रहरीका अनुसार करिब ३०० रोपनी जग्गामा अवैध रुपमा लगाएको अफिम खेती बिहीबार फडानी गरी नष्ट गरिएको हो ।
जिल्ला सुरक्षा समितिको बुधबारको निर्णय अनुसार “बस्ती-बस्तीमा संयुक्त गस्ती” नामक अभियान अन्तर्गत सञ्चालित प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उक्त खेती नष्ट गरेको हो ।
साथै बारीमा लुकाई राखिएको करिब ५० केजी लागूऔषध गाँजा समेत प्रहरीले फेला पारी जलाएर नष्ट गरेको छ ।

