सबैलाई पठाउनु होला

काठ्माण्डौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तथ्याङ्क अनुसार ७५३ मध्ये करिब २०० स्थानीय तह निमित्त प्रमुख प्रशासकीय अधिकृतले चलाइरहेका छन्। मधेश प्रदेशमा यस्तो समस्या धेरै जटिल छ।

सन्देशकुमार यादव पर्साको पटेर्वा सुगौली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुन् भने पोखरिया नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत पनि हुन्।

एकै पटक दुई स्थानीय तहको प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्न यादवलाई सहज छैन। “दुई स्थानीय तहका जनप्रतिनिधिहरुको कुरा सुन्नु र कर्मचारीको नेतृत्व गर्नु आफैंमा गाह्रो काम हो”, उनी भन्छन्, “तर, तोकिएको जिम्मेबारीबाट भाग्न मिलेन, भ्याईनभ्याई काम गरिरहेको छु।”

जनप्रतिनिधिहरुलाई पनि यो चित्त बुझेको छैन। पोखरियाकी उपमेयर सलमा खातुन अर्को गाउँपालिकामा काम गरिरहेका अधिकृतलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतका रुपमा काम गराउनुपर्दा अनेक समस्या भोग्नु परेको बताउँछिन्। बजेट कार्यान्वयनदेखि दैनिक सेवा प्रवाहमा यसले असर पारेको उनले बताइन्।”निमित्तका भरमा प्रशासन चलाउनु पर्दा नीति र योजना प्रभावकारी बनाउन सकिंदैन, कार्यान्वयन पनि कमजोर हुन्छ,” उनी भन्छिन्, “कर्मचारी अभावले ज्यादै समस्या छ।”

मुलुक संघीयतामा जानुअघि एकजना सुब्बाले दुई वा दुईभन्दा बढी गाविसको सचिवको जिम्मेवारी सम्हाल्नुपर्थ्यो। संघीयता कार्यान्वयनसँगै अधिकार सम्पन्न भएका स्थानीय तहमा पनि यस खालको अभ्यास अहिलेपनि कायमै छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com