काठमाडौं – अष्ट्रेलियन क्रिकेटर शेन वार्नको सम्भावित हृदयाघातका कारण निधन भएको छ। उनको शुक्रबार हृदयघातको कारण ५२ वर्षको उमेरमा थाइल्याण्डमा निधन भएको हो।
संसारकै महान् क्रिकेट खेलाडीहरूमा पर्ने लेग स्पिनर वार्नले ७ सय ८ टेस्ट विकेट लिएका थिए। उनी टेस्ट क्रिकेटमा सर्वाधिक धेरै विकेट लिने दोस्रो खेलाडी हुन् ।
उनले टेस्ट क्रिकेटमा १५ वर्षभित्र १४५ खेलमा ७०८ विकेट लिएका थिए – जुन हालसम्मकै दोस्रो सबभन्दा धेरै हो।
उनले सन् २००७ मा अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए।

