सबैलाई पठाउनु होला

कैलाली – खप्तड गोल्डकप फुटबल प्रतियोगितामा फ्रेन्ड्स क्लब फाइनल खेलमा प्रवेश गरेको छ। धनगढी रङ्गशालामा बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा वाग्मती युथ क्लबलाई २–१ गोलको अन्तरले पराजित गर्दै फ्रेन्ड्स क्लब फाइनलमा प्रवेश गरेको हो।

फ्रेन्ड्सलाई जित दिलाउन जमोउल एन्थोनी फ्रान्कोईस र राजीव लोप्चनले एक/एक गोल गरे। वाग्मतीका ड्याडी वाम्बा जुनियरले एक गोल फर्काए। खेलको ६४औँ मिनेटमा एन्थोनीले गोल गर्दै फ्रेन्ड्सलाई अग्रता दिलाएका थिए भने खेलको ७१औँ मिनेटमा राजीवले गोल गर्दै फ्रेन्ड्सलाई २-० को अग्रता दिलाएका थिए।

८३औँ मिनेटमा जुनियरले गोल गरे पनि वाग्मती २–१ ले पराजित भयो। अब फ्रेन्ड्सले उपाधिका लागि मनाङ मर्स्याङ्दी क्लबको सामना गर्नेछ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com