सबैलाई पठाउनु होला

काठमाडौं – सत्तारुढ नेपाली कांग्रेस पार्टीले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी एक महिने चुनावी अभियान आजबाट सुरु गर्दै छ ।

७७ वटै जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिले अभियान थालनी गर्नेछन् ।

कांग्रेसले चुनावी अभियानको नारा ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ तय गरेको छ । यस अभियानको क्रममा पार्टीका एजेण्डा, राष्ट्रिय मुद्दामा पार्टीको अडान, सरकारका उपलब्धि लगायतका विषयमा जनतालाई जानकारी दिने र जनताबाट सुझावसमेत लिने नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

डा. महतका अनुसार कांग्रेसको नेतृत्वमा हासिल उपलब्धि बारे जनतालाई जानकारी गराउने, एमसीसी बारेका भ्रमलाई चिर्ने र विगतको सरकारका पालामा भएका असंवैधानिक कदम र भ्रष्टाचार प्रकरण जनतासमक्ष राख्ने पनि डा. महतले बताए ।

चुनावी अभियानका लागि कांग्रेसका प्रतिनिधिहरु जिल्ला–जिल्लामा खटिइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com