सबैलाई पठाउनु होला

काठमाडाैँ ।आज नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र प्रधान मन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएकाे छ । भेटमा गृहमन्त्री बालकृष्ण खाँणसमेत सहभागी छन् ।

भेटमा सरकार र विप्लव समूहबीच भएकाे तीनबुँदे सम्झाैतालगायतका विषयमा छलफल भएकाे छ । ०७७ फागुन २१ गते तत्कालीन प्रधान मन्त्री केपी शर्मा ओलीकाे पालमा सरकार र विप्लव समूहबीच तीनबुँदे सम्झाैता भएकाे थियाे । विप्लव समूहले साे सम्झाैता लागू हुनुपर्ने बताउँदै आएकाे छ । तर, सरकारकाे पक्षबाट भने त्यसमा थप  पहल भएकाे छैन ।

सम्झाैताकाे बुँदाहरूमा पक्राउ परेका विप्लव कार्यकर्ताहरू रिहाइ हुनुपर्ने  माग  छन् । सरकारकाे पक्षबाट उक्त सम्झाैताकाे कार्यान्वयनमा नगएकाे‍ भन्दै विप्लव समूहले सरकारकाे ध्यानाकर्षण गराउँदै आएकाे छ । यी बिभिध बिषयमा छलफल भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com