सबैलाई पठाउनु होला

चैत्र २ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आगामी निर्वाचनमा आफ्नो पार्टीले मुद्दा र आवश्यकताका आधारमा चुनावी गठबन्धन गर्ने बताएकी छिन् । एकीकृत समाजवादीकी सचिव मन्त्री झाँक्रीले  निर्वाचनमा गठबन्धन बनाएर चुनावमा जाने बतायकि छिन् ।

नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सचिवसमेत रहेकी मन्त्री झाँक्रीले मंगलबार पार्टी जिल्ला कमिटी कास्कीले आयोजना गरेको कार्यक्रममा बोल्दै आगामी निर्वाचनसम्म गठबन्धन कायम रहने बताएकी हुन् ।

मन्त्री झाँक्रीले  भनिन्, ‘गठबन्धन मुद्दा र आवश्यकताका आधारमा हुन्छ । एउटा मुद्दा र परिस्थितिले आज हामी एक ठाउँमा आएका छौं । गठबन्धन दुइटै पक्षलाई आवश्यक छ । त्यसकारण हामी गठबन्धन गर्छौं ।’

गठबन्धनलाई प्रभाव पर्ने खालको अभिव्यक्ति नदिन नेता कार्यकर्तालाई निर्देशन दिँदै उनले यस्ता खालका अभिव्यक्तिले समाजमा राम्रो सन्देश नजाने बताइन् । उनले आगामी दिनमा पनि मिलेर सरकार बनाउनुपर्नेमा जोड दिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com