किभ – युक्रेनमा जारी संकटका बीच शुक्रबार चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति जो बाइडेन फोनवार्ता गर्ने भएका छन् । बाइडेनले आफ्ना चिनियाँ समकक्षीलाई चीनले रुसलाई हालसम्म लगाएको प्रतिबन्धबाट बचायो भने चीनले पनि यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिने बीबीसी समाचारमा उल्लेख गरिएको छ।
युक्रेन संकटको बीचमा अमेरिका रुसप्रति कठोर छ भने रुसप्रति चीनको दृष्टिकोण नरम देखिन्छ । पुटिन-बाइडेनले नोभेम्बरमा गरेको भिडियो शिखर वार्तापछिको यो पहिलो वार्ता हो। यस्तो अवस्थामा यो वार्ताबाट मतभेद सुल्झाउने अवसर पनि हुनेछ ।
ह्वाइट हाउसका प्रेस सेक्रेटरी जेन साकीले राष्ट्रपति बाइडेनले वार्ताबाट सी जिनपिङको अडान के हो भन्ने कुरा थाहा पाउने मौका पाउने बताएका छन्।साकीका अनुसार व्यापार र अन्तर्राष्ट्रिय आपूर्ति शृङ्खलाका विषयमा पनि वार्ता हुनेछ, तर युक्रेनमा रुसले गरेको आक्रमणको विषयलाई जोड दिइनेछ ।
चीनले रुसको निन्दा गर्न अस्वीकार गरेको छ । रुसलाई चीनले आर्थिक र सैन्य सहायता दिने डर अमेरिकाको छ । तर अमेरिकाले युक्रेनी सेनालाई सैन्य सहयोग मात्रै दिएको छैन, रुसविरुद्धमा पश्चिमी देशलाई पनि एकजुट गरेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बाइडेनले रुसको आक्रमणलाई सहयोग गर्ने जिम्मेवारी चीनले लिनुपर्ने कुरा स्पष्ट पार्ने बताएका छन्।

