सबैलाई पठाउनु होला

परासी – पश्चिम नवलपरासीका उखु किसानले चार वर्षदेखिको बक्यौता रकम पाएका छैनन् । उद्योगीले विभिन्न बहाना बनाउँदै बक्यौता रकम नदिएको उनीहरूको गुनासो छ ।

जिल्लाको इन्दिरा सुगर मिलले २ करोड रुपैयाँभन्दा बढी रकम भुक्तानी गर्न बाँकी छ । उधारोमा उखु खरिद गरेर रकम नदिने र उद्योग पनि सञ्चालन नगर्दा किसान थप समस्यामा परेका छन् । इन्दिरा सुगर मिल तीन वर्षदेखि बन्द छ । ‘उद्योगी सम्पर्कमा नआउने र उद्योग पनि बन्द भएपछि बाँकी रकम माग्नका लागि कहाँ जाने भन्ने अन्योलमा छौं,’ प्रतापपुर गाउँपालिका–५ का रामकरण चौधरीले भने, ‘सीडीयो कार्यालय र नेताहरूकहाँ पटक–पटक रकम भुक्तानीका लागि गए पनि अहिलेसम्म काम भएको छैन ।’

उद्योगका सञ्चालक राकेश अग्रवाललाई प्रहरीले गत वर्षको माघमा जिल्ला अदालत नवलपरासीमा ठगी मुद्दा दायर गरेको थियो । तत्कालै किसानको रकम भुक्तानी गर्ने प्रतिबद्धता गरेर धरौटीमा रिहा भएका अग्रवालले अहिलेसम्म रकम भुक्तानी गर्न चासो नदिएको उखु उत्पादक किसान समिति लुम्बिनी प्रदेशका अध्यक्ष उमेश यादवले बताए । ‘काठमाडौं केन्द्रित आन्दोलन भयो भने मात्र सरकार गम्भीर भएजस्तो गर्ने, जिल्लाको समस्यालाई प्राथमिकतामा नराख्दा समस्या ज्यूँका त्यूँ छ,’ उनले भने, ‘चार–चार वर्षसम्म भुक्तानी नगर्ने अनि उद्योग पनि बन्द गरेर बस्ने उद्योगीलाई सरकारले खोई कारबाही गरेको ?’

चार बर्ष अगाडी देखि एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार संचालन थियो । गरीब, किशानका लागि काम गर्छु भनेर जनताको भोटले बनेको सरकारले आफ्ना महल खडा गर्नमै समय खर्चिए । तर किशानका दुखहरु सुनिएन । किशानहरुले आफुले दुख गरेर उत्पादन गरी चिनी उद्योगलाई दिएको ऊखुको रकम नै नपाएपछी किसानहरु पुन ऊखु उत्पादन गर्न उत्साहित हुने कुरा पनि भएन । त्यसकारण अहिले संचालित चिनी उद्योगहरुले आवश्यक ऊखुहरु पाउन सकेका छैनन् . गरीब जनताका पीर मर्का नबुझ्ने पार्टीहरुले फेरी सत्तामा जानका लागि उही पिडित जनताको घरदहिलोमा गै ठुला-ठुला आश्वासनहरु बाडेर भोट तान्छन, तर जनताको समस्या जिउंका तिउँ रहेको देखिन्छ ।

आर्थिक वर्ष ०७७/७८ मा सरकारले निर्धारण गरेको मूल्यमा वाग्मती चिनी उद्योगले प्रतिक्विन्टल ८ रुपैयाँका दरले रकम भुक्तान गरेको छ । सरकारले ढिलो गरेर मूल्य निर्धारण गर्दा किसानले उद्योगलाई अघिल्लो वर्षको मूल्यमा तत्काल उखु बिक्री गर्ने र बढेको मूल्य उद्योगले थप गर्ने गरेका छन् । सोहीअनुसार वाग्मती चिनी उद्योगले करिब ४० लाख रुपैयाँ किसानलाई दिनुपर्ने भए पनि अहिलेसम्म भुक्तानी भएको छैन । उखु उत्पादक किसान समितिले विज्ञप्तिमार्फत तत्काल किसानको रकम भुक्तानी दिनुपर्ने र नदिएमा उद्योगीलाई कारबाही गर्न माग गरेको छ ।

चिनी उद्योगलाई अहिले उखुको अभाव भएको छ । पाँच–सात वर्षअगाडिसम्म प्रशस्त उखु उत्पादन हुने जिल्लामा अहिले उत्पादन घटेको छ । जसका कारण वर्षमा तीन महिना सञ्चालन हुने उद्योग अहिले मुस्किलले एक महिना मात्र सञ्चालन हुने गरेका छन् । जिल्लामा रहेका चार वटा चिनी उद्योगमध्ये कच्चा पर्दाको अभाव र भुक्तानीको समस्याका कारण दुई वटा उद्योगमात्र अहिले सञ्चालनमा छन् । वाग्मती चिनी उद्योग र लुम्बिनी सुगर मिल सञ्चालनमा छन् । इन्दिरा सुगर मिल र मोहिनी सुगर मिल बन्द छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com