एमाले उपाध्यक्ष पौडेल र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख ताओबीच भेट हुने
२०७८ चैत्र ७
सबैलाई पठाउनु होला
Post Views:13
काठमाडौं –सोमबार बिहान हिमालयन एयरलाइन्सको कार्गो जहाजमा पौडेलसहित लेखा आयोगको अध्यक्षमा पुष्प कँडेल , केन्द्रीय कमिटी सदस्य तथा कर्णाली प्रदेशसभा सदस्य मीनासिंह रखाल र एमाले स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी चीन प्रस्थान गरेका छन्। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलसहित चार जना नेता सोमबार चीन प्रस्थान गरेका हुन्।
एमालेका उपमहासचिव विष्णु रिमालका अनुसार नेताहरु पाँच दिने भ्रमणमा चीन गएका हुन्। उनले उपाध्यक्ष पौडेलसहितको टोली चीनको कुन्मिङमा हुने इकोनोमिकको अपरेशन एण्ड कल्चरल एक्सचेन्समा सहभागी हुन गएको जानकारी दिएका हुन ।
सर्वोच्च अदालतको २०७७ फागुन २३ गतेको एमाले र माओवादीबीचको एकता बदर गर्ने फैसलापछि दुई पार्टीलाई मिलाउन चीनको सक्रियता भइरहेको छ। निर्वाचन नजिकिइरहेको समयमा चीनले पुन: एकपटक फुटेका कम्युनिस्ट शक्तिहरुलाई एक बनाउने प्रयास गरेको छ। चीनले नेपालका कम्युनिष्ट शक्तिहरुलाई एक हुन आग्रह गर्दै आएको छ। चीन बसाईंको क्रममा उपाध्यक्ष चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओसँग भेट गर्नेछन्। नेकपाभित्र आन्तरिक कलह चर्किएको समयमा पनि नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले सक्रियता बढाएकी थिइन्।