सबैलाई पठाउनु होला

बलिउड नायिका अनुष्का शर्मा पुनः अभिनयमा फर्कने भएकी छन्।  क्रिकेटर विराट कोहलीसँग विवाह गरेकी उनी सन्तानकी आमा बनेपछि करिब ६ वर्ष पर्दाबाट बाहिरै रहिन्।

 

विवाहपछि सन्तानकी आमा बनेकी अनुष्का आधा दशकपछि चलचित्रको पर्दामा प्रस्तुत हुन लागेकी हुन्। उनको पछिल्लो पटक सन् २०१८ मा फिल्म जिरो आएको थियो ।

 

यतिबेला अभिनेत्री अनुष्का आफ्नी छोरी वामिकाको हेरचाहबाहेक झुलन गोस्वामी बायोपिकमा काम गरिरहेकी छिन्।

 

क्रिकेटर विराट कोहलीसँग विवाह बन्धनमा बाँधिएकी उनी क्रिकेटकै विषयमा बन्ने चलचित्रको तयारीमा जुटेकी छिन्। भारतकी चर्चित क्रिकेटर झुलन गोस्वामीको जीवनीमा निर्माण हुन लागेको बायोपिकमा अनुष्काले क्रिकेटरको भूमिका निर्वाह गर्न लागेकी हुन्।

 

केही समय अघि अनुष्का भारतीय महिला क्रिकेट टिमकी कप्तान झुलनसँग कोलकाताको इडन गार्डेनमा देखिएकी थिइन्। उनी चलचित्रको अनाउन्समेन्ट सुट गर्न त्यहाँ पुगेकी थिइन्।

 

चलचित्रको छिट्टै औपचारिक निर्माण घोषणा गरिने बुझिएको छ ।

यस्तै उनी आमिर खानले बनाउन लागेको फिल्म च्याम्पियन्सको रिमेकमा पनि जोडिने भएकी छन्।

एक उत्कृष्ट स्पेनिश फिल्म च्याम्पियन्स आधिकारिक रूपमा हिन्दीमा रिमेक हुँदैछ। यो फिल्मको नायिकाको रुपमा अनुष्का प्रस्तुत हुँदैछिन्। फिल्ममा आमिर खानले जँड्याहा कोचको भूमिका निर्वाह गर्दैछन्।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com