सबैलाई पठाउनु होला

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतीय बजारमा बिजुलीको भाउ निकै बढेकाले नेपालको मागलाई धान्न महंगोमा बिजुली किन्न लागिएको बताएको छ। नेपाल विद्युत प्राधिकरणले भारतबाट प्रतियुनिट ३८ रुपैयाँमा बिजुली किन्ने भएको छ।

भारतको खुला बजारबाट नेपालले यसअघि औसतमा ८ रुपैयाँ प्रतियुनिटका दरले बिजुली किन्दै आएको थियो। बिहीबारमा प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै घिसिङले बिजुली ल्याउन नेपालले उच्चतम शुल्क प्रस्ताव गर्ने बताएका हुन्।

प्राधिकरणले अहिले दैनिक ३५० देखि ४०० मेगावाटसम्म बिजुली भारतबाट किनिरहेको छ।  खुला बजारबाट बिजुली आयात गर्न एनटिपी विद्युत व्यापार निगम लिमिटेडसँग  दैनिक १५० र पिटिसी इन्डियासँग ७५ मेगावाट बिजुली किन्न नेपालले एक वर्षको सम्झौता गरेको थियो। सम्झौता जुनमा सकिने भए पनि रूसले युक्रेनमाथि फेब्रुअरी २४मा आक्रमण गरेपछि उक्त सम्झौताबमोजिम फिक्स्ड मूल्यमा नेपालले बिजुली पाउन सकेन।

रूसले युक्रेनमाथि आक्रमण गरेपछि पेट्रोलियम पदार्थ र कोइलाको मूल्य बढेपछि भारतका पावर प्लान्टले भनेजति बिजुली उत्पादन गर्न सकिरहेका छैनन्।   नेपालले खुला बजारबाट बिजुली किनिरहेको थियो। भारतको खुला बजारमा १५-१५ मिनेटमा बिजुलीको मूल्य निर्धारण हुन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com