सबैलाई पठाउनु होला

एकदिनको कुरा हो , एउटा कुकुर सहरमा दौडिइरहेको थियो। ऊ अचानक एउटा भवन परिसरमा प्रवेश गर्‍यो। केहीबेर ऊ बगैंचा र भवन वरिपरि रमायो। उसलाई त्यहाँका सबै दृश्य नयाँ लागिराखेको थियो । ऊ घुम्ने क्रममा संग्रहालय भवनभित्र
प्रबेस गर्‍यो ।

भबनको सबै तिर ऐना नै ऐनाले भरिएको थियो। कुकुर जब त्यहाँ प्रवेश गर्‍यो तब उसले चारैतिर कुकुर नै कुकुर देख्यो। अर्थात् जता पनि आफ्नै प्रतिविम्ब देखेर कुकुर तीन छक्क पर्‍यो।

कुकुर अचानक हलको बीचमा रोकियो। उसले चारैतिर कुकुरै कुकुर देख्दा अली कती डरायो पनि र अली कती रिसयो पनि, उसले यति धेरै कुकुरहरुको समुहमा आफुलाई पहिलो पटक पाएको थियो । कुकुरले आफूलाई नियन्त्रण गर्न सकेन। जस्ले गर्दा जताततै दाँतले टोक्यो। चारैतिर हेरेर भुक्यो। उसका प्रतिविम्बहरूलाई हेर्दा कुकुरले त्यसै गरेको पायो। कुकुर घरी डराउँथ्यो घरी अलमलमा पथ्र्यो। कुकुरले यस्तो नक्कल धेरै पटक गर्‍यो। बेस्मारी भुक्यो। ऐनामा देखिएका धेरै कुकुरले पनि बेस्मारी भुक्यो।

वल्लो छेउदेखि पल्लो छेउसम्म दौडने र हुत्तिने धेरैपटक भयो। उसले डरायएर त्यस्तो गर्दा सिसाको ग्लाशहरु फुटेर कहिले घुँडामा चोट लगायो त कहिले मुखमा ।

भोलिपल्ट, संग्रहालयका सुरक्षा गार्ड काममा खटिए। उनीहरूले हिजो बिदाको दिन आफू नहुँदा कुकुर संग्रहालय भवनमा कुकुर पसेको थाहा पाउने कुरै भएन। ढोका खोलेर भित्र पस्दा कुकुरलाई मरेको अवस्थामा भेट्टाए। तर कुकुरलाई कसैले केही गरेको थिएन । आफ्नै प्रतिविम्बसँग लड्दै कुकुरले ज्यान गुमाएको थियो।

नैतिक शिक्षा –  संसारमा कुनै पनि व्यक्ति वा वस्तु आफैंमा राम्रो वा खराब हुँदैन। हाम्रो वरिपरि भइरहेका हरेक कुराले भावना, इच्छा, विचार र कार्यहरू प्रतिविम्बित गर्छन्। संसार आफैंमा एउटा ठूलो ऐना हो। त्यसैले सही  दृश्य आउने वातावरण बनाऔं।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com