सबैलाई पठाउनु होला

काठमडौं – नेशनल हाइड्रोपावरको २५ औं वार्षिक साधारण सभा आज (शुक्रवार) हुँदैछ । यस अघि कम्पनीले उक्त साधारण सभा फागुन ३० गतेलाई बोलाएकोमा सभामा शेयरधनीको आवश्यक संख्या नपुगेपछि स्थगित भएको थियो ।

सभा शुक्रवार डेलिश ओपेरा रेष्ट्रो एण्ड बैंक्वेट, बालुवाटार, काठमाडौंमा दिउँसो १ बजे शुरु हुनेछ ।

सभाले १८ दशमलव ५२ प्रतिशत बोनस शेयर र शून्य दशलमव ९७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी बोनस शेयर वितरण पछि कायम हुने चुक्तापूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

त्यसैगरी, सभाले यस नेशनल हाइड्रोपावर कम्पनीले सुनकोशी हाइड्रोपावरलाई लिने प्रस्ताव पारित गर्नेछ । सुनकोशी हाइड्रो पावरको १०० कित्ता भएका शेयरधनीको शेयर नेशनल हाइड्रोपावारको मातहतमा आएपछि नेशनल हाइड्रोपावर कम्पनीको २५ कित्ता शेयर हुने गरी हिसाब मिलान हुनेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन १३ गते बुक क्लोज गरिसकेको छ । यस आधारमा फागुन १२ गतेसम्म कायम शेयरधनीले उक्त साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com