काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ। कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठक शुक्रबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, ललितपुरमा केन्द्रीय कार्यसमितिमा बस्ने जानकारी दिए।
बैठकमा स्थानीय तह निर्वाचनको तयारी एवं ‘घर-घर जाऔँ, कांग्रेस जिताऔँ’अभियानको प्रारम्भिक समीक्षा, संसदीय समिति गठनलगायत विषयमा छलफल हुने कार्यसूची रहेको समेत उनले बताएको छ ।
सभापति शेरबहादुर देउवाले महामन्त्री थापालाई स्थानीय तह निर्वाचन २०७९, घोषणा पत्र तयारी समितिको संयोजकमा मनोनयन गरेका हुन्। कांग्रेसले महामन्त्री गगनकुमार थापालाई स्थानीय तह निर्वाचनको घोषणा पत्र तयारी समितिको संयोजकमा मनोनयन गरेको छ।
रामचन्द्र पौडेलले यता केन्द्रीय कार्यसमितिको बैठक अगाडि नै जिल्ला सभापतिहरूसँग छुट्टै छलफल गर्न लागेका छन्। स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलहरूसँग गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा सुझाव लिन जिल्ला सभापतिहरूलाई बोलाएका हुन्।

