तातोपानी भन्सार नाकाबाट बुधबार पनि २३२ मेट्रिक टन युरिया मल भित्रिएको थियो। सोही नाका भएर बिहीबार थप २३२ मेट्रिक टन रासायनिक युरिया मल नेपाल भित्रिएको छ।
तातोपानी सुक्खा बन्दरगाह भन्सार प्रमुख नारद गौतमले बुधबार भित्रिएका मल प्रयोगशाला परीक्षण गरी राजधानी पठाइएको जानकारी दिए। सिल्क मार्केटले चीनबाट १० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने जिम्मेवारी पाएको थियो। रासायनिक मलको चर्को अभाव झेल्दै आएका किसानलाई यसले राहत दिने बताइएको छ।
बोलपत्र पाएपछि छ महिनाअघि सो कम्पनीले पहिलो खेपमा एक हजार ५०० मेट्रिक टन मल चीनबाट ल्याइसकेको छ। अहिले बाँकी मल ल्याउन थालिएको कम्पनीले जानकारी दिएको छ ।

