सबैलाई पठाउनु होला

काठमाडौं : निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्त भोजराज पोखरेलले निर्वाचन महंगो हुँदा व्यवस्था नै संकटमा पर्ने चेतावनी दिएका छन्।

अन्नपूर्ण मिडिया नेटवर्कमा शुक्रबार सञ्चारकर्मीसँगको अन्तर्क्रियामा पोखरेलल निर्वाचन महंगो हुँदा उम्मेदवार छायामा परेको र पैसावाला डनबीच प्रतिस्पर्धा हुने अवस्था आएको बताएका हुन्।

२०४८ पछि निर्वाचन प्रणाली महंगो हुँदै गएको भन्दै उनले कार्यकर्ता अनुशासन बाहिर जाँदा खर्च बढेको तर्क गरे।

‘पहिला कार्यकर्ता अनुशासनमा हुँदा स्व:परिचालन हुन्थे। अहिले वियर र मासुसहितको खाजा खर्च, पेट्रोल दिनुपर्छ,’ उनले भने, ‘अहिले निर्वाचनमा पैसावालाको प्रतिस्पर्धा छ। टिकट पाए पनि स्वच्छ नेताले मसँग पैसा छैन भनेर चुनाव नलड्ने अवस्था छ। अपराधिक मानसिकताका व्यक्तिहरुको दबदबा छ। अहिले यो झन् बढेर गएको छ। उम्मेद्वार होइन पैसावाल डनबीच प्रतिस्पर्धा भइरहेको अवस्था छ। यो प्रवृत्तिकै रुपमा विकास हुँदा व्यवस्था नै खतरामा पर्न सक्छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com