सबैलाई पठाउनु होला

काठमाडौं :- कालीकोटबाट काठमाडौँका लागि छुटेको छुटेको ना८ख २३५६ नंको यात्रुवाहक बसमा आ’गला’गी हुँदा पूर्ण रुपले नष्ट भएको छ । बस आज बिहान ७ः३० बजे कालीकोटको जिते बजारबाट छुटेको थियो ।

कालीकोटदेखि सुर्खेत–नेपालगन्ज हुँदै काठमाडौँका लागि जाँदै गरेका बस गुडिरहेको अवस्थमा बराहताल गाउँपालिका–८ सुर्खेत ओदाल तालस्थित दिउँसा ३ः४५ बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।

तार सट भएर आगलागी हुँदा बस पूर्ण रूपले नष्ट भएको प्रहरी नायब उपरीक्षक घर्तीले बताउनुभयो । “जिल्ला प्रहरी कार्यालय सुर्खेतको प्रहरी टोली बस ज लेको सूचना पाउने बित्तिकै वीरेन्द्रनगर नगरपालिकाको दमकल लिएर त्यहाँ पुगेको थियो”, उहाँले भन्नुभयो, “दमकलले आ गो निभाए पनि बस पूर्णरुपले जलेको छ ।”

आ’गला’गी भएलगत्तै बसमा सवार यात्रु झरेपछि मानवीय क्षति नभएको प्रहरीले बताउनुभयो । बस चालक सुरेन्द्र थापाले ओदालताल स्थित सडकको उकालो सकिने अन्तिम मोडमा बस चल्दाचल्दै केही प’ड्कि’एको जस्तो आवाज आएको बताउनुभयो ।“घुम्तीमा बस मोड्ने क्रममा केही प’ड्कि’एको आवाज आयो । हत्तपत्त ह्यान्ड ब्रेक लगाएँ र झरेर हेर्दा गेयरबक्स र इन्जिनको बीचमा सानो आ’गो ब’लेको थियो”, चालक थापाले भन्नुभयो, “यात्रुहरू सबै झर्नुभयो । सेक्टा भाँ’चेर आ’गो निभाउन खोज्दै थियौँ तर आ’गोले एकैचोटि माथि भेट्यो ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com