सबैलाई पठाउनु होला

काठमाडौं – जनता समाजवादी पार्टी जसापाका केन्द्रीय सदस्य तथा संसदीय दलका प्रमुख सचेतक प्रमोद साहमाथि एमालेका कार्यकर्ताले आक्रमण गरेको भनि जसपाद्वारा प्रेषित बिज्ञप्तिमा जनाएको छ ।

सर्लाहीको इश्वरपुर नगरपालिकामा नेकपा एमालेका कार्यकर्ताले साहसहित आफ्ना कार्यकर्तालाई साङ्घातिक हमला गरी गम्भीर घाइते बनाएको भन्दै जसपाले घटनाको भर्त्सना गरेको छ ।

जसपाले विज्ञप्ति निकालेर भनेके छ, ‘नेकपा एमालेले यस्ता घृणित र अपराधिक कृयाकलाप बन्द नगरे यसबाट उत्पन्न हुने परिणामको जिम्मेवार स्वयम् नेकपा एमाले हुने छ ।’

घटनाका दोषीमाथि अविलम्ब कडाभन्दा कडा कारवाही गर्न तथा शान्ति सुरक्षाको प्रत्याभूति हुने गरी काम गर्न र घाइतेको स्वास्थ्य उपचारको व्यवस्था मिलाउन पनि जसपाले सरकारसँग माग पनि गरेको छ । घाइते साहलाई हेलिकप्टरबाट उपचारका लागि काठमाडौं ल्याइएको छ ।

जसपाको बिज्ञप्ति:-

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com