सबैलाई पठाउनु होला

केरुङ देखि काठमाडौंसम्म रेलमार्गको अध्ययनसम्बन्धी समझदारीपत्रमा पनि हस्ताक्षर भएको छ।

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा र चिनियाँ विदेश मन्त्री वाङ यीबीचको भेटवार्ता सम्पन्न भएको छ। विदेश मन्त्री यी शनिबार नेपाल आएका हुन्। प्रधानमन्त्रीसँगको भेटअघि उनले परराष्ट्र मन्त्री डा. नारायण खड्कासँग भेट गरेका थिए।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा द्विपक्षीय सम्बन्ध र दुई देशबीच भएका सहमति कार्यान्वयनबारे छलफल भएको छ।
भेटका अवसरका पोखरा विमानस्थलको साँचा यीले हस्तान्तण गरेका छन्। प्रधानमन्त्री देउवाको उपस्थितिमा परराष्ट्र मन्त्री खड्कालाई साँचो हस्तान्तरण गरिएको हो।

विमानस्थल चीनको सहुलियतपूर्ण ऋणमा निर्माण भएको हो।

यसअघि परराष्ट्र मन्त्रीसँगको भेटमा दुई देशबीच विभिन्न ९ वटा समझदारीपत्रमा हस्ताक्षर भएको थियो।

दुई देशबीचको वार्तापछि आर्थिक तथा प्राविधिक सहयोग, चिनियाँ स्वास्थ्यकर्मीको सेवा प्रवाह, अन्तरदेशीय विद्युत प्रसारण लाइनको सम्भाव्यता अध्ययन लगायतका समझदारीपत्रमा हस्ताक्षर भएको हो। त्यस्तै काठमाडौं–केरुङ रेलमार्गको अध्ययनसम्बन्धी समझदारीपत्रमा पनि हस्ताक्षर भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com