सबैलाई पठाउनु होला

धुलिखेल –  बागमती प्रदेश खेलकुद प्रतियोगिताको समपान धुलिखेलमा शनिबार सम्पन्न भएको छ। शनिबार सम्पन्न प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिता २०७८ मा सहभागी ८ खेलमा सर्वाधिक पदक हात पार्दै चितवन जिल्ला च्याम्पियन बनेको  हो । बागमती प्रदेश खेलकुद विकास परिषद्‍द्वारा आयोजित प्रतियोगिताको दोस्रो  काठमाडौं र तेस्रो ललितपुर भएको हो । चितवनले २१ स्वर्ण, १९ रजत र १४ काँस्य हात पार्यो। काठमाडौंले १९ स्वर्ण, ६ रजत, ७ कास्य र ललितपुरले ९ स्वर्ण, ९ रजत र ८ कास्य हात पारेको छ ।

बागमती प्रदेशका १३ जिल्लालाई समावेश गर्दै आयोजना गरिएको प्रतियोगिता शनिबार काभ्रेको धुलिखेल रंगशालामा समापन गरिएको छ। प्रतियोगिताको फागुन २८ गते मकवानपुरको हेटौंडास्थित पिप्ले क्यापडाडाँ रंगशालामा उद्घाटन गरिएको थियो। प्रतियोगितामा प्रदेश सरकारले प्राथमिकतामा राखेका ८ खेललाई समावेश गरेको थियो। जसमध्ये हेटौंडामा तेक्वान्दो,  ब्याडमिन्टन,  चितवनमा भलिबल , पुरुष फुटबल र क्रिकेट, काठमाडौंमा एथलेटिक्स, बक्सिङ, काभ्रेमा महिला फुटबल र  सिन्धुपाल्चोकमा कराँतेका खेल आयोजना गरिएको थियो।

प्रतियोगिताको अन्तिम दिन महिला फुटबलमा मकवानपुरले धादिङलाई एक शुन्यले हराउँदै पहिलो स्थान हासिल गर्यो। बक्सिङतर्फ पुरुष ४८ केजीमा काठमाडौंमा रविन थापा, ५१ केजीमा काभ्रेका लालप्रसाद उप्रेती, ५४ केजीमा ललितपुरका सुमन नेपाली, ५७ केजीमा काठमाडौंका सुजर महर्जन, ६० केजीमा ललितपुरका शेखर कुटवाजु, ९२ केजीमाथि काभ्रेका रविन्द्र घिमिरे, ९२ केजीमुनी चितवनका विभान गुरुङ, ८६ केजीमा काठमाडौंका सोनु गुरुङ, ८९ केजीमा ललितपुरका राजन तामाङ, ७५ केजीमा काभ्रेका विनिस राई, ७१ केजीमा काठमाडौंका प्रमोद राई, ६७ केजीमा मकवानपुरका अमन श्रेष्ठ र ६३ केजीमा रसुवाका मौसम राना मगरले स्वर्ण जितेको छ ।

महिलामा ५० केजीमा भक्तपुरकी अस्मिता ढुवाल, ५७ केजीमा काभ्रेकी हेमा राई, ६० केजीमा दोलखाकी डेचेन शेर्पा, ४८ केजीमा काठमाडौंकी सुस्मा तामाङ, ५२ केजीमा भक्तपुरकी सुस्मा खड्का, ५४ केजीमा रामेछापकी सोस्तिका तिरुवा र ६६ केजीमा काठमाडौंकी कबुना श्रेष्ठले स्वर्ण जित्न सकेको बक्सिङ अन्तराष्ट्रिय रेफ्री रमेश श्रेष्ठले जानकारी दिएको छ ।

उपाधि विजेता खेलाडीलाई संघीय सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, प्रदेश खेलकुदमा युवा तथा खेलकुद मन्त्री रत्न प्रसाद ढकाल, प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारी लगायतले पुरस्कृत गरेका थिए।

समापन समारोहलाई सम्बोधन गर्दै बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सुर्यलाल भण्डारीले खेलकुदको संरचना ,  ऐन कानुन बनाउने काममा अघि देखिएको बागमती प्रदेश सरकारले प्रदेश स्तरीय खेलकुद प्रतियोगिता आयोजना गरेर इतिहास रचेको बताएको हुन । प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न ढकालले छोटो समयको तयारीमा चुनौतीका बाबजुत प्रतियोगितालाई सफलतापूर्वक आयोजना गरिएको उल्लेख गरेको हुन ।

समापन समारोहका प्रमुख अतिथि संघीय सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले प्रदेश खेलकुद आयोजना गरेर बागमती प्रदेश सरकारले उल्लेख्य सफलता हासिल गरेको उल्लेख गर्दै यसले अन्य प्रदेशलाई समेत प्रदेश स्तरीय खेलकुद प्रतियोगिता आयोजना गर्न हौसला मिल्ने बताए। उनले प्रदेश खेलकुदमा राष्टिय कीर्तिमान कायम गर्ने खेलाडीलाई आसन्न एसियन गेम्सको बन्द प्रशिक्षणमा राखिने जानकारी समेत् दिएको छ ।

प्रतियोगितामा २१ सय बढी खेलाडी सहभागी बनेका छन । संघीय संरचना अनुसार प्रदेश खेलकुद विकास परिषद्‍ गठन भएपछि प्रदेश खेलकुद प्रतियोगिता आयोजना गरेर बागमती प्रदेश सरकारले इतिहास रचेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com