१५ चैत, काठमाडौं । मलेसियाले त्रिकोणात्मक टी-२० आई सिरिजमा पपुवा न्युगिनी (पीएनजी) लाई ८ रनले पराजित गरेको छ । १ सय ८१ रनको विजयी लक्ष्य पछ्याएको पपुवा न्युगिनी १९.३ ओभरमा १ सय ७२ रनमा अल आउट भयो ।
टस जितेर ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १८० रन बनाएको थियो । मलेसियाको लागि विरनदिप सिंहले अविजित ५९ रनको फराकिलो पारी खेले । कप्तान अहमद फेजले ३७ बलमा ५६ रन बनाएका हुन् ।
सैद अजिजले ४७ रन बनाएका हुन् । बलिङतर्फ पीएनजीका लागि नर्मन भनुअले २ विकेट लिएका हुन् । नोसैना पोकनाले १ विकेट लिएका थिए । पीएनजीका लागि टेनी उराले सर्वाधिक ५६ रन बनाएका थिए ।
त्रिकोणात्मक टी-२० आई सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई १५ रनले हराएको थियो । नेपालले दोस्रो खेल बुधबार मलेसियासँग खेल्नेछ । त्यस्तै नर्मन भनुअले ४५ रन जोडेका हुन् । मलेसियाका लागि सर्विन मुआन्दीले सर्वाधिक ४, मोहम्मद वाफिक र पवनदीप सिंहले ३/३ विकेट लिए ।

