नेकपा (एमाले) ले आसन्न स्थानीय तहको निर्वाचनका लागि प्रतिबद्धता-पत्र तयारी भर्चुअल कार्यशाला आयोजना गरेको छ। अध्यक्ष कमरेड केपी शर्मा ओलीले विगतका केन्द्र, प्रदेश र स्थानीय तहमा नेकपा (एमाले)का सरकारहरूले गरेका गौरवपूर्ण कामहरू लिएर जनतामा जान निर्देशन दिएको छ ।
प्रतिबद्धता-पत्र मस्यौदा समितिका संयोजक तथा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रतिबद्धता-पत्रका सैद्धान्तिक पक्षबारे बताएका थिए। नेकपा (एमाले) एक पार्टी र अरू सबै एक पार्टी भएकाले कुनै दुविधाबिना निर्वाचनमा हाोमिन पनि उनले निर्देशन दिए।
कार्यक्रममा स्थायी कमिटीका सदस्यहरू, प्रदेश र जिल्ला कमिटीका पदाधिकारीहरू र पार्टीबीच निर्वाचित पालिका प्रमुखहरू सहभागी छन्। मस्यौदा समितिका सदस्य सुशील ज्ञवालीले प्रतिबद्धता-पत्रका बारेमा विस्तृत रूपमा व्याख्या गरे।

