सबैलाई पठाउनु होला

 

रामेछाप  –  प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले एक सूचना जारी गर्दै इजाजत प्राप्त हतियारहरु निर्वाचन सम्पन्न नभएसम्मका लागि बुझाउन निर्देशन दिएका हुन्। आगामी वैशाख ३० गते हुने निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालयले इजाजत प्राप्त हतियार प्रहरी कार्यालयमा बुझाउन निर्देशन दिएको छ।

प्रशासनले स्थानीय तहको निर्वाचनमा  विश्वसनीय र भरपर्दो सुरक्षा व्यवस्थापन गरी भयरहित वातावरण सिजना गर्नु अपरिहार्य भएकाले जिल्लाभित्र रहेका ईजाजत प्राप्त हातहतियारहरु चैत्र २५ गते भित्रमा आ-आफ्ना नजिकको प्रहरी ईकाईमा बुझाउन आग्रह गरेको हो।

जिल्लामा अवैध हातहतियार भित्रिन सक्ने आशंकामा प्रहरीलाई विशेष रुपमा परिचालन समेत गरिएको छ। प्रहरी ईकाई बुझाइएका हातहतियारहरु सुरक्षित राखिने र निर्वाचन सम्पन्न भएपछि हतियार धनीलाई नै फिर्ता गरिने उनले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com