काठमाण्डाैं – धेरै वर्ष जापानमा ठुला ब्यबसाय गरेर सफल ब्यबसायी बनेका भवन भट्ट (स्वामी आनन्द देव)ले राष्ट्रिय आविष्कार केन्द्रलाई एक करोड दाङ गर्ने भएका छन् ।
राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष तथा अन्तर्राष्ट्रिय म्यागासेसे पुरस्कार प्राप्त गरेका युवा बैज्ञानिक महावीर पुनले ट्वीटर मा उक्त कुरा बताएका छन् ।
ट्वीट गर्दै पुनले भने, “१ करोड रुपैंया दान गर्ने बचन आयो। हिजो भवन भट्ट (स्वामी आनन्द देव) ले फोन गरेर राष्ट्रिय आविष्कार केन्द्रलाई १ करोड दान गर्ने निर्णय गरेको कुरा बताए । भाईले जापानमा धेरै बर्ष ठुला ब्यबसायहरु गरेर सफल ब्यबसायी बनेका थिए। NRNA ICC को अध्यक्ष पनि भएका थिए ।”

महावीर पुन आफैमा साधारण जीवन जीउने र केहि गरेर देखाउँछु भनेर लाग्ने युवाहरुलाई प्रेरणा दिएर राष्ट्रिय आविष्कार केन्द्र मार्फत निरन्तर सहयोग प्रदान गरिरहेकाले दानी मनहरुले महावीर पुनको अभियानलाई सहयोगहरु गर्दै आइरहेको छ । यसै क्रममा भवन भट्टले पनि सहयोग दान गर्ने बचन दिएका हुन् ।

