गुनासो चौतारी चैत २३ नेपाल आयल निगमले आइतबार मध्यरातिदेखि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य पुनः बढाएको छ। निगमले आइतबार एक सूचना जारी गर्दै मध्यरात १२ बजेदेखि लागू हुने गरी पेट्रोलिय पदार्थको मूल्य बढाएको हो ।

निगमका अनुसार डिजेल, पट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर दुई/दुई रुपैयाँले बढाइएको छ। बढेको मूल्यसँगै पेट्रोल प्रतिलिटर १२० रुपैयाँ र डिजेल र मट्टितेलको प्रतिलिटर १०३ रूपैयाँ पर्नेछ।खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको खुद्रा बिक्री मूल्य भने हाललाई यथावत् नै राखिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए।

