सबैलाई पठाउनु होला

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था पारदर्शी र व्यवस्थित गर्ने उद्घोष गरेका न् ।

स्वास्थ्य परीक्षण गर्ने संस्थाहरुसंग मन्त्रालयले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले स्वास्थ्य संस्थाको  नवीकरण, सूचीकरण ,   निरीक्षण तथा अनुगमनसम्बन्धी कार्यलाई प्रभावकारी,  नियमित , व्यवस्थित र पारदर्शी गरिने बताएको  छ ।  विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य र सुरक्षाप्रति सरकार गम्भीर रहेको भन्दै मन्त्री श्रेष्ठले नक्कली स्वास्थ्य परीक्षण रिपोर्ट बनाउनेदेखि सरकारले तोकेको मापदण्ड नपुगेका स्वास्थ्य संस्था मार्फत रिपोर्ट बनाउने प्रवृति अन्त्य गरिने बताए ।

वैदेशिक रोजगारका समग्र चरण तथा प्रक्रृयाहरुलाई पारदर्शी,   सुरक्षित र व्यवस्थित बनाउने ध्येयका साथ आफ्नो नेतृत्वमा मन्त्रालयले काम गरीरहेको उनले बताए । वैदेशिक रोजगारीको लागि जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्न निर्धारण गरिएको मूल्य समयानुकुल समायोजनका लागि मन्त्रालय तयार रहेको बताए ।  मन्त्रालयका सचिव एकनारायण अर्यालले गन्तव्य मुलुकमा गइसकेपछि श्रमिकलाई निम्तन सक्ने स्वास्थ्य समस्याबाट बच्न नयाँ मापदण्ड बनाएर कडाइका साथ अनुगमन गर्ने मन्त्रालयको योजना रहेको बताए ।

सचिव अर्यालले स्वदेशका   स्वास्थ्य संस्था तथा अस्पताल मार्फत बनाइएको स्वास्थ्य परीक्षण रिपोर्ट गलत भएका कारण श्रमिक विदेश पुगेर पुनः स्वास्थ्य परीक्षण गर्दा ‘अयोग्य’ भएर फर्किनुपरे सम्वन्धित संस्थालाई कारवाही गरिने बताए ।

मन्त्रालयका सहसचिव राजीव पोखरेलले श्रमिकको स्वास्थ्य परीक्षण सम्वन्धी नीतिगत,   संवैधानिक तथा  कानूनी व्यवस्था,  स्वास्थ्य संस्थाको मापदण्ड र सरोकारवाला निकायको भूमिका सम्वन्धी कार्यपत्र प्रस्तुत गरेका थिए।

मन्त्रालयका सल्लाहकार डा। केशव बस्यालले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको स्वास्थ्यका कारणबाट सिर्जना हुने समस्या न्यूनीकरण गर्न सम्वद्ध मुलुकको सामाजिक(आर्थिक तथा स्वास्थ्य चुनौतिबारे जानकारी दिइ सोही अनुरुपको मापदण्ड कार्यन्वयन गर्नुपर्ने बताए ।

कार्यक्रममा वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाका प्रतिनिधि तथा सरोकारवालाहरूले यस क्षेत्रका चुनौती तथा समाधानका उपायबारे विचार व्यक्त गरेका थिए ।

रेडियोलोजी  , प्रयोगशाला र स्वास्थ्य परीक्षण कक्षमा हुनुपर्ने आवश्यक  उपकरण  तथा औजार अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप बनाउनुपर्ने सरोकारवालाहरुको भनाइ छ ।

मन्त्रालयले स्वास्थ्य संस्थाको सूचीकरण, नवीकरण र अनुगमन तथा निरीक्षण सम्बन्धी काम गर्दै आएको छ । वैदेशिक रोजगार ऐन २०६४ ले जुनसुकै मुलुकमा जाने श्रमिकलाई स्वास्थ्य परीक्षण अनिवार्य गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com