जोमसोम – मुस्ताङको घरपझोङ-२ मार्फा निवासी युवा नेता दिपक लालचनले आसन्न स्थानीय तह निर्वाचनमा घरपझोङ गाउँपालिकाको अध्यक्षमा उठ्ने घोषणा गरेका छन् ।
उनी एमाले मुस्ताङ वडा कमिटी संयोजक हुन् । नेकपा एमाले मुस्ताङको सातौं जिल्ला अधिवेसन सकिए लगत्तै उनले अध्यक्ष लड्ने बताएका हुन् ।
संघीयताको दोस्रो कार्यकालका लागि हुने स्थानीय तह निर्वाचनमा आफू सबै हिसावले सक्षम रहेको र पार्टीले टिकट दिएमा अध्यक्षमा चुनाव लड्ने उनको भनाइ रहेको छ ।
स्थानीय तह सञ्चालन ऐन/कार्यविधि ज्ञान र तहको विकासको लागि आफूले निर्वाचन जितेको खण्डमा जनताप्रति सदैव समर्पित भएर लाग्ने प्रतिवद्धता समेत उनको भनाइ छ ।
‘म पनि अध्यक्ष पदको एक सम्भावित उम्मेदवार हुँ । पार्टीले सर्वसम्मत विश्वास गरेमा म त्यो पदमा मेरो दावी छ भन्ने हो । तर, पार्टी निर्णय सर्वोपरी हुने भएकाले पार्टीले जस्तो सुकै निर्णय गरेपनि आफूले अपवाद गर्दिन ‘ , उनले भने।

