सबैलाई पठाउनु होला

झापाका सचिन न्यापानेको ‘पूर्वी ब्लुज’ नामक युट्युब च्यानलमा ५ लाख बढी सब्सक्राइबर छन्। उनी आफ्नो च्यानलमा नेपालका विभिन्न गाउँ ठाउँका  मौलिक भिडिओ हाल्ने गर्छन्। सचिनले बनाउने भिडिओ मौलिक हुने उनका धेरै दर्शकहरू बताउँछन्।

उनले पनि आफ्नो मौलिक प्रस्तुतिकै कारण आज युट्युबमा सफलता पाएको जनाएको छ ।  भिडिओ बनाउने क्रममा आफू नेपालको ७० भन्दा बढी जिल्ला पुगेको सचिन भन्छन ।

आगामी दिनमा अझै धेरै ठाउँहरूको भिडिओ पस्किने उनको योजना छ।  युट्युब सुरू गर्नुअघि सचिन झापाकै एक स्कुल र कलेजमा पढाउने गर्थे। उनले स्कुल र कलेज गरेर झन्डै १२ वर्ष पढाए।

तर पछि भिडिओ बनाउन धेरै समय लाग्ने भएपछि सचिनले कलेजलाई समय दिन सकेनन् र लकडाउनपछि कलेज नै छोडिदिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com