सबैलाई पठाउनु होला

नयाँदिल्ली – नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच आज शनिवार भेटवार्ता हुने भएको छ। नयाँ दिल्लीस्थित हैदारवाद हाउसमा भेट हुने कार्यतालिका रहेको छ।

प्रतिनिधिमण्डलस्तरीय वार्तापछि भोलि दुवै देशबीच ऊर्जा, कृषि, स्वास्थ्य तथा यातायात बिषयमा महत्वपूर्ण घोषणा हुनेभएको छ।

नेपाली राजदूतावासमा शुक्रवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले उक्त जानकारी दिएका हुन्। साथै देउवाले नेपाल र भारतबीच केही नयाँ सम्झौतापत्रहरू पनि आदानप्रदान हुने बताएका छन्।

नेपाल र भारतबीचको पारस्परिक ऐतिहासिक सम्बन्धलाई मजबुत बनाउन तथा दुई पक्षीय आर्थिक सहयोगका विषयमा छलफल गर्न आफू भारत भ्रमणमा आएको प्रधानमन्त्री देउवाको भनाई थियो। आफ्नो यो भ्रमणबाट नेपाल भारत सम्बन्धले थप उचाई हासिल गर्ने विश्वास पनि प्रधानमन्त्रीले व्यक्त गरे।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com